Demo Class is on 1st July 2016 of:
TIME:
1st Session :7-10 am
2nd Session : 11-2 pm
3rd Session : 3-6 pm
10th ECAN Educational Fair 2016.
10th – 13th June 2016
Bhrikutimandap, Kathmandu
TIme : 10 AM – 5 PM
10th – 13th June 2016
Bhrikutimandap, Kathmandu
TIme : 10 AM – 5 PM
ECAN FAIR 2016 - OPEN EYES IT SOLUTION |
काठमाडौं/२६ जेठ–नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा जेठ २८ गतेदेखि सुरु हुन लागेको १० औं इक्यान शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रकाश पाण्डेले मेलामा स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवम अवसरलगायतका विषयमा विद्यार्थी तथा अभिभावकले सही जानकारी पाउने बताए । चार दिनसम्म चल्ने मेला राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छ । मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाको उपस्थिती रहने इक्यानले जनाएको छ । मेलाका संयोजक रमेश वाग्लेले मेलाको अवसरमा विद्यार्थीले विदेशी विश्विद्यालय र त्यहाँबाट प्राप्त हुने छात्रवृृत्ति, गुणस्तरीय शिक्षाका बारेमा सही काउन्सिलिङ पाइने बताए । पछिल्लो समय परिवर्तन भएका देशैपिच्छेका फरक फरक शिक्षा नीतिका बारेमा सही जाकारी दिइने बेलामा विद्यार्थीहरुले एकै थलोमा उभिएर सबैजसो देशबारे जानकारी लिन पाउने भएकाले मेला उपयुक्त थलो भएको अध्यक्ष पाण्डेले जानकारी दिए । वर्षकै सबैभन्दा ठूलो शैक्षिक मेलाका रुपमा प्रस्तुत गरिएको मेलामा १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिती रहने अपेक्षा गरिएको छ । मेला ‘वन अप इभेन्ट्स एन्ड मिडिया सोलुसन्स प्रालि’ले व्यवस्थापन गर्नेछ । त्यस्तै मेलामा अस्ट्रेलियास्थित ‘क्विन्सफोर्ड कलेज’को प्रस्तुती रहनेछ ।
विद्यार्थी तथा अभिभावकको सुरक्षाका लागि विषेश व्यवस्था गरिएको मेलामा सामाजिक उत्तरदायित्व अन्तर्गत चार वटै दिन रक्तदानको कार्यक्रम समेत राखेको छ । इक्यानले राजधानीका साथै चितवन र पोखरामा समेत शैक्षिक मेला आयोजना गर्दै आएको छ । मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि विदेशी शिक्षा र त्यसबाट हुने फाइदा तथा करिअर काउन्सिलिङमा जोड दिइएको आयोजकले जनाएको छ । मेलामा छिमेकी मुलुक भारत तथा चीनसँगै अमेरिका, अस्ट्रेलिया, यूके, फ्रान्स, जर्मनी, डेनमार्क, जापान, न्युजिल्याण्ड, आयरल्याण्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, रुस, बंगलादेशलगायतका देशको शिक्षा तथा त्यहाँको शिक्षा नीतिका बारेमा जानकारी दिइनेछ ।
Source: educationnewsnepal